Posts

नेपाली कबिताहरु

कबिताहरु पड्न यहाँ थिच्नुहोस  कबिताखुल्न केही समय लाग्ने हुनाले माथिको लिन्कमा click गरि १ मिनेट प्रतीक्षा गरिदिनुहोला !!!!

छन्दको प्रकार

छन्दको प्रकारहरु (पिङ्गल) अनुष्टुप छन्द विद्युन्माला छन्द इन्द्रवज्रा छन्द उपेन्द्रवज्रा छन्द उपजाति छन्द वंशस्थ छन्द स्रग्विणी छन्द स्वागता छन्द भुजङ्गप्रयात छन्द तोटक छन्द द्रुतविलम्बित छन्द वसन्ततिलका छन्द मालिनी छन्द पञ्चचामर छन्द मन्दाक्रान्ता छन्द चित्रवतीहरिणी छन्द चित्रलेखा छन्द शिखरिणी छन्द शार्दूलविक्रीडित छन्द स्रग्धरा छन्द आर्या छन्द शालिनी छन्द ललिता छन्द पृथ्वी छन्द मञ्जुभाषिणी छन्द

छन्दमा कविता कसरी लेख्ने ?

छन्दमा कविता कसरी लेख्ने ? छन्द सिक्न चाहनेहरूका लागि मात्र ….! खास गरी हालसालै निर्माण गरिएका नया-नयाँ छन्दहरू….!! छन्द परिचय बिषय प्रवेशः छन्दमा वर्णहरूलाई ह्रस्व (l) र दीर्घ (S) गरी दुई वर्गमा विभाजन गरिएको हुन्छ …(l) लाई लघु भनिछ भने (S) लाई गुरु भनिछ, जस्तै – क. ह्रस्व वर्णहरु – अ इ उ ऋ स्वर र तिनीहरुसँग जोडिएका सबै क कि कु कृ व्यन्जनहरू ख. दीर्घ वर्णहरू – आ ई ऊ ए ऐ ओ औ अम् अ: स्वर र तिनीहरूसँग जोडिएर आउने का की कू के कै को कौ कम् क: आदि ग. संयुक्त व्यन्जन प्रयोग भएका शब्दहरू उच्चारण गर्दा यदि अघिल्ला वर्णले पछिल्ला आधा व्यन्जनलाई तान्यो भने त्यो अघोल्लो वर्ण ह्रस्व भए पनि दीर्घ नै हुन्छ ….जस्तै – शब्द उच्चारण दीर्घ वर्ण अम्बा (अम् +बा)…अ दीर्ध दिन्छ (दिन् +छ)….कि दीर्घ लुप्त (लुप् + त)….लु दीर्घ घ. संयुक्त व्यन्जनको प्रयोग भएका शब्दमा पनि उच्चारण गर्दा यदि अघिल्लो वर्णले पछिलो आधा व्यन्जनलाई तान्न सकेन भने चाहिं त्यो वर्ण दीर्घ नभएर ह्रस्व नै हुन्छ …..जस्तै शब्द उच्चारण ह्रस्व हुने गन्यो (ग + न्यो)….ग ह्रस्व बल्यो (ब + ल्यो)….ब ह्रस्व उज्यालो (उ + ज्यालो)….उ ह...

कविताको सिद्धान्त

                                कविताको सिद्धान्त (१) कविताको परिचय कविता साहित्यको एक सशक्त विधा हो । ‘कवि’ आधारपदमा ‘ता’ प्रत्यय लागेर कविता शब्दको निर्माण भएको हो । कविता शब्दले कवि द्धारा रचित वा कविको कर्म भन्ने अर्थ वहन गर्दछ । लोकजीवन सँग सम्बन्धित लोकगीत कविताको पूर्वरुप भएको कुरामा विश्लेषकहरु सहमत देखिन्छन् । पूर्वीय साहित्य जगत्मा ऋग्वेद, महाभारत र रामायण तथापश्चिममा इलियड र ओडेसी कविताका वृहत् आकारका कृतिहरु हुन् । प्राचीनकालमा साहित्य भन्ने बितिकै काव्यलाई जनाएतापनि आधुनिक साहित्यमा काव्यले गधयात्मक वा पधयात्मक कृतिलाई जनाउँछ । मानव समाज र सभ्यताको आरम्भसँगै कविता विधाको जन्म र विकास हुदै आएको हो । आजको समयमा कविताविधालाई हेर्ने दृष्टिकोणमा धेरै विकास भइसकेको पाइन्छ । पूर्वमा आचार्य भामहदेखि जगन्नाथ र पश्चिममा अरिस्टोटलदेखि आइ।ए। रिचर्डस सम्मका विद्धान हरुले विभिन्न तरिकाले कवितालाई परिभाषित गर्ने जमर्को गरेका छन् ।परिभाषाहरुमा अनेक मत भएपनि कवितामा कला र भाव मुख्य दुई पक्ष रहने कुरालाई सबै...